
काठमाडौं । मोहम्मद रिजवान र साउद साकिलको अर्धशतकप्रेरित पाकिस्तानले आईसीसी एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध २८७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
भारतको हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको पाकिस्तानले ४९ ओभरमा सबै विकेट गुमाएर २८६ रनको योगफल खडा गर्यो ।
पाकिस्तानका रिजवान र साकिलले समान ६८ रन बनाए । ३८-३ को कठिन अवस्थामा रहँदा यी दुईले चौथो विकेटका लागि १२० रनको साझेदारी गर्दै पाकिस्तानको इनिङ उकासेका थिए ।
यसबाहेक, मोहम्मद नवाजले २९, सद्दाब खानले ३२, ह्यारिस रौफले १६, इमाम उल हकले १५ र फखर जमानले १२ रन थपे । साहिन साह अफ्रिदी १३ रनमा अविजित रहे । नेदरल्यान्ड्सका बास डे लिडेले चार विकेट लिए ।
कोलिन अक्रमले दुई विकेट लिदा आर्यन दत्त, लोगन भान विक र पाउल भान मिकेरेनले समान एक विकेट लिए ।