
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप–२०२३ को पहिलो खेलमा साविक विजेता इंग्ल्यान्डले साविक उपविजेता न्युजिल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
बिहीबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुने खेलका लागि भएको टस जितेर न्युजिल्यान्डका कप्तान टम लाथमले फिल्डिङको निर्णय गर्दै इंग्ल्यान्डलाई ब्याटिङको निम्तो दिए ।
इंग्ल्यान्डविरुद्ध चोटका कारण न्युजिल्यान्डका नियमित कप्तान केन विलियम्सन टिमको प्लेइङ ११ मा छैनन् ।
प्रतियोगिताको यस संस्करणमा १० टिमको सहभागिता छ । यसपटक भारतसँगै इङ्ल्यान्ड, न्युजिल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्ड्स छन् ।
विश्वकपको यस संस्करणमा नेदरल्यान्ड्स एकमात्र एसोसिएट राष्ट्र हो ।