२०८१ फागुन १४, बुधवार , १२:०३:३३ बजे

Sajhamanch
'

एसियन गेम खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

बिहिवार, असोज १८, २०८०

काठमाडौं । १९औं एसियाली खेलकुदका लागि चाइना गएको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ ।

चाइनामा रहँदा नेपाली टोलीले समूह चरणमा सतप्रतिशत जितसहित क्वाटर फाइनलको यात्रा तय गरेको थियो ।

पहिलो खेलमा मंगोलियाविरुद्ध टी-२० आईमा रेकर्डैरेकर्ड बनाएको नेपाली टोलीले दोस्रो खेलमा पनि माल्दिभ्सलाई फराकिलो अन्तरमा पराजित गरेको थियो ।

क्वाटर फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्‍यो । तर, पराजित भएपछि अघिल्लो चरण जानबाट बञ्चित हुँदै नेपाल फर्किएको हो ।

सम्बन्धित खबर