२०८१ मंसिर ११, मङ्गलवार , ०८:१८:३८ बजे

Sajhamanch
'

कमल गाउँपालिकामा वार्षिक योजनाबारे समीक्षा

सोमवार, असोज १५, २०८०

कमल । झापाको कमल गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा सञ्चालित योजना तथा कार्यक्रमहरुको वार्षिक समीक्षा गरेको छ ।

गाउँपालिकाको सभाहलमा आज सम्पन्न समीक्षा कार्यक्रममा वडागतरुपमा भए गरेका योजना तथा कार्यक्रमहरुको प्रगति बारे वडा सचिवले र शाखागतरुपमा भएको कार्य प्रगतिको शाखा प्रमुखहरुले विवरण प्रस्तुत गरेका छन् ।

गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा आयतर्फ ८१ करोड ६६ लाख ३९ हजार ८२५ रुपैयाँ अनुमान गरेकोमा ७० करोड ५१ लाख ६२ हजार ५१९ रुपैयाँ वास्तविक आय भएको जनाइएको छ । यसैगरी ६२ करोड ३९ लाख ४० हजार ९१६ रुपैयाँ खर्च भएको लेखा अधिकृत श्रृजना राईले जानकारी दिइन् ।

त्यस्तै चालु तथा पुँजिगत खर्च अन्तरगत चालु खर्चतर्फ ३६ करोड १४ लाख ३४ हजार ५७८ रुपैयाँ खर्च भएको थियो भने पुँजिगत खर्चतर्फ २६ करोड २५ लाख ६ हजार ३३८ रुपैयाँ गरी जम्मा ६२ करोड ३९ लाख ४० हजार ९१६ रुपैयाँ खर्च भएको जनाइएको छ ।

चालु खर्चतर्फ ८२ दशमलव ४० प्रतिशत र पुँजीगत खर्चतर्फ ६९ दशमलव ४५ प्रतिशत गरी ७६ दशमलव ४ प्रतिशत खर्च भएको अधिकृत राईले बताइन् ।

सो कार्यक्रमका अवसरमा अन्यत्रबाट सरुवा भई कमल गाउँपालिकामा आएका कर्मचारीलाई उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी र प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले अविर तथा खादा लगाएर स्वागत गरेका थिए ।

गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको अध्यक्षता भएको समीक्षा कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिकाका कर्मचारीहरुको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख सार्थक घिमिरेले गरेका थिए ।

सम्बन्धित खबर