२०८१ माघ २६, शनिवार , ०२:३३:०८ बजे

Sajhamanch
'

एकैदिन एक हजार बढीमा डेंगी संक्रमण, संक्रमितको संख्या ३४ हजार नाघ्यो

सोमवार, असोज १५, २०८०

काठमाडौं । अक्टोबरको पहिलो दिन नेपालमा एक हजार बढी डेंगी संक्रमित थपिएका छन् ।

इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को तथ्यांकअनुसार १ अक्टोबरमा एक हजार १९ संक्रमित थपिएका हुन् । योसँगै जनवरीयता संक्रमितको संख्या ३४ हजार २८८ पुगेको छ ।

डेंगीबाट जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ ।

पछिल्ला दिनहरूमा गण्डकी प्रदेशका जिल्लामा संक्रमण धेरै फैलिएको छ । तनहुँमा आइतबार एकैदिन ७९८ जना तथा कास्कीमा ११३ जना संक्रमित भएको इडीसीडीको तथ्यांक छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा हालसम्म एक हजार १६७ जना संक्रमित भएको इडीसीडीले जनाएको छ ।

सम्बन्धित खबर