काठमाडौं । रामबाबु गुरुङको आगामी फिल्म ‘डिग्री माइला स् एमए थर्ड क्लास’को छायांकन आगामी शुक्रबारदेखि सुरु हुँदैछ । निर्माताले शनिबार कास्ट एण्ड क्रिउलाई लिएर राजधानीको भाटभटेनी मन्दिरमा फिल्मको शुभसाइत गरे ।
मुहूर्त समारोहमा निर्देशक गुरुङसहित कलाकारहरु दयाहाङ राई, विजय बराल, माओत्से गुरुङ, आँचल शर्मा लगायत उपस्थित थिए । उक्त अवसरमा स्क्रिप्ट र क्यामेराको पूजा गरियो ।फिल्मको छायांकन ओखलढुंगाको रुम्जाटारदेखि सुरु हुने जानकारी निर्देशक गुरुङले दिए । शुभसाइतसँगै निर्माताले फिल्मको आधिकारिक कथाको सारांश पनि सार्वजनिक गरेका छन् ।राजनीति र समाजको उतारचढावको निराशाबीच डिग्री माइलाको जीवन यात्रालाई फिल्ममा चित्रण गरिएको छ । बाँसुरी प्रोडक्सनले निर्माण गर्ने यो फिल्मको प्रदर्शन आगामी बैशाख १ तय गरिएको छ ।