२०८१ माघ १८, शुक्रवार , ०८:३४:४८ बजे

Sajhamanch
'

कोशीका मुख्यमन्त्री र मन्त्रीले लिए शपथ

शुक्रवार, भदौ २२, २०८०

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङबाट उनले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । 

कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् पनि बनाएका छन् । एमालेबाट तिलकुमार मेन्याङ्वो उर्जा, पाँचकर्ण राई वन र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री बनेका छन् । सृजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छिन् । उनीहरुले पनि पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

सम्बन्धित खबर