अफ्रिकी देश मालीमा आतंकवादी आक्रमण तथा सैन्य कारबाहीमा १०० सयभन्दा बढी मानिसको मृत्यु भएको छ। इस्लामिक आतंकवादी समूहले टिम्बुक नदीमा डुंगामा गरेको आक्रमणमा ४९ जना र एउटा सैनिक ब्यारेकमा गरेको आक्रमणमा १५ जनाको मृत्यु भएको हो।
माली सरकारका अनुसार सैनिकले गरेको कारबाहीमा ५० आतंकवादी मारिएका छन्। बीबीसीका अनुसार सँगसँगै भएका यी घटनापछि माली सरकारले तीन दिनका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ ।यसैबीच उत्तर–पूर्वी सीरियामा अरब आदिवासी मिलिसिया र कुर्द नेतृत्वको सीरियन डेमोक्रेटिक फोर्सेज एसडीएफका सदस्यबीच भएको भिडन्तमा कैयौँ लडाकु मारिएका छन् ।
सिरियन डेमोक्रेटिक फोर्सेजले भ्रष्टाचारको आरोपमा अबु अवला भनेर चिनिने मिलिसिया कमाण्डर अहमद अल–खबिललाई पक्राउ गरेपछि देइर अज जोर प्रान्तमा हिंसा भड्किएको थियो । हिंसा नरोकिएको र कयौँ मानिस मरिरहेको अल जजिराले जनाएको छ। ऐनेन्सी