
काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत अहिले भारत र पाकिस्तान प्रतिस्पर्धा भईरहेको छ।
श्रीलंकाको केन्डीमा भएको यो खेलमा भारत पहिला ब्याटिङ गर्दैछ। भारतका कप्तान रोहित शर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
पहिलो खेलमा नेपाललाई हराएको पाकिस्तान आजको खेलमा जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउने योजनामा छ।भारत पनि आजको खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा छ।