२०८१ फागुन १, बिहिवार , ०९:११:०८ बजे

Sajhamanch
'

नयाँ वायुसेवा कम्पनीसँग तीनवटा जहाज हुनैपर्ने

शुक्रवार, भदौ १५, २०८०

काठमाडौं । वायुसेवा सञ्चालन गर्ने नयाँ कम्पनीसँग तीनवटा जहाज अनिवार्य हुनुपर्ने भएको छ । वायुसेवा कम्पनी सञ्चालन नियममा संशोधन भएसँगै नयाँ कम्पनीसँग तीन जहाज हुनैपर्ने भएको हो ।
शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट (एओसिआर)मा दशौँ संशोधन गर्दै यस्तो नियम बनाएको हो ।

हाल वायुसेवा सञ्चालन गरिरहेका कम्पनीको आगामी पाँच वर्षमा पाँचवटा जहाज संख्या पुर्याउनु पर्ने नियम पनि जारी भएको छ ।

यस्तै, पाइलटले उडानबाहेक व्यावसायिक गतिविधिमा संलग्न हुन नपाउने भएका छन् ।

वायुसेवा कम्पनीको अकाउन्टेबल म्यानेजरले कम्पनीसँग प्रत्यक्ष/अप्रत्यक्ष रूपमा स्वार्थ बाझिने गतिविधि तथा व्यावसायिक कार्यमा संलग्न हुन नपाउने भएको छ ।

सम्बन्धित खबर