२०८१ फागुन १, बिहिवार , ०९:२८:२० बजे

Sajhamanch
'

माओवादीको लक्ष्य : तीन महिनामा २५ लाखलाई भेट्ने, सदस्यता ८ लाख पुर्‍याउने

शुक्रवार, भदौ १५, २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रले शनिबारदेखि सुरु हुने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’बाट पार्टीको सदस्य संख्या ८ लाख पुर्‍याउने लक्ष्य राखेको छ ।

पार्टी सदस्यता नविकरण र विस्तार गरी ८ लाख पुर्‍याउने र जनवर्गिय संगठन तथा मोर्चाका सबै कमिटीको बैठक सम्पन्न गर्ने माओवादी केन्द्रले बताएको छ ।

यस्तै कम्तिमा २५ लाख मतदातासँग प्रत्येक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरूको बारेमा जानकारी गराउने लक्ष्य माओवादीको छ ।

आत्मनिर्भरता बढाउने उदेश्यका साथ पार्टीको नेतृत्वमा सञ्चालित स्थानीय सरकारहरूले कम्तिमा एक एक वटा उत्पादन र उद्यमसँग सम्बन्धित कार्यक्रम सुरू गर्ने भएको छ ।

संघीय सरकारले कृषि तथा वनमा आधारित साना उद्योग, उत्पादन र बजारीकरणको क्षेत्रमा पार्टी प्रदेश समितिको सिफारिस बमोजिम ७ वटै प्रदेशमा एक एक वटा आयोजना सञ्चालनको सम्भाव्यता समेत अध्ययन गर्ने माओवादीको लक्ष्य रहेको जनाएको छ ।

सम्बन्धित खबर