२०८१ मंसिर १७, सोमवार , ०१:२८:०५ बजे

Sajhamanch
'

भारतमा अवैध पटाका कारखानामा विष्फोट हुँदा ७ जनाको ज्यान गयो

सोमवार, भदौ ११, २०८०

भारतको पश्चिम बङ्गालको उत्तर–२४ परगना जिल्लाको दत्तापुकुरमा एउटा अवैध पटाका उत्पादन कारखानामा विस्फोट भएको छ ।विस्फोटमा परेर कम्तिमा ७ जनाको ज्यान गएको छ ।

अरु केही व्यक्ति घाइते भएका अग्नी नियन्त्रण कार्यालयका अधिकृत आशिष घोषले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।दुई तले घरमा भएको विस्फोटमा भवनका मालिक पनि गम्भीर घाइते भएका छन् ।घाइतेको बारासातमा रहेको अस्पतालमा उपचार भैरहेको छ ।पश्चिम बंगालमा अवैध पटाका कारखानामा हुने विस्फोटको यो पहिलो घटना होइन । राज्य सरकारले अवैध पटाका उत्पादन रोक्न पर्याप्त कारबाही नगरेको आरोप लाग्दै आएको छ । ऐजेन्सी

सम्बन्धित खबर