२०८१ माघ २४, बिहिवार , ०२:०७:३८ बजे

Sajhamanch
'

सत्ता गठबन्धनले कोशीमा फोहोरी खेल खेल्योः एमाले अध्यक्ष ओली

आइतवार, भदौ १०, २०८०

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले कोशी प्रदेशमा फोहोरी खेल खेलेको आरोप लगाएका छन् ।

आज आइतबार विराटनगरमा नेकपा एमाले कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कोशीमा गठबन्धनले फोहोरी खेल खेले पनि केन्द्र यसका नेतृत्वहरू मौन रहेको बताएका हुन् ।

लोकतन्त्र र लोकतान्त्रिक अभ्यास विरूद्ध प्रदेशमा बलमिच्याइँ भइरहँदा केन्द्रीय नेतृत्व मौन बस्नु आश्चर्यजनक रहेको अध्यक्ष ओलीको टिप्पणी छ ।

‘गठबन्धनको नाममा पटकपटक लोकतन्त्र र लोकतान्त्रिक अभ्यासविरुद्ध काम भइरहेको छ, बलमिच्याइँ गरेर फोहोरी राजनीति गरिरहेका छन् । तर, केन्द्रको गठबन्धन चुपचाप देखिन्छ’ अध्यक्ष ओलीको भनाई थियो ।

सर्वोच्चले नै अवैध ठहर गरिसक्दा पनि नछाड्नुले गठबन्धन जुनसुकै हालतमा प्रदेशको सत्ता कब्जा गर्न लागिपरेको पुष्टि हुने अध्यक्ष ओलीको दावी छ।

‘अदालतले सरकार गठन अवैध भनिसकेको छ त्यही पनि उनीहरु अझै यसलाई स्वीकार्न तयार देखिँदैनन्’, ओलीले भने ‘‘गठबन्धन प्रदेशमा सत्ता कब्जा गर्न लागेको छ।’

गठबन्धनले पहिचानको नाममा राजनीति गर्न खोजेको बताउँदै सबै जातजाति मधेशी, दलित, थारु, लिम्बूवान, किराँत, शेर्पा सबैले न्याय पाउनुपर्ने उनको भनाई छ ।

सम्बन्धित खबर