२०८१ माघ १४, सोमवार , ०३:५०:४२ बजे

Sajhamanch
'

हङकङविरुद्धको खेलमा पूजा महतोले लिइन् डेब्यु विकेट

मङ्गलवार, भदौ ५, २०८०

काठमाडौं । आईसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चार देश सम्मेलित सिरिजको पहिलो खेलमा डेब्यु गरेकी पूजा महतोले विकेट लिएकी छन् ।

वायुमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा हङकङविरुद्धको खेलमा पावरप्लेको दोस्रो ओभरमा पूजाले डेब्यु गरेकी हुन् ।

समाचार तयार हुँदासम्म पूजाले २ ओभर बलिङ गर्दै एक मेडनसहित २ रन खर्चेर एक विकेट लिएकी छन् ।

उनले चौथो ओभरको तेस्रो बलमा ओपनर यास्मिन दस्वानीलाई बोल्ड गर्दै डेब्यु विकेट लिएकी हुन् । पूजा कुनै पनि घरेलु क्रिकेट नखेली सीधै टिममा आएकी हुन् ।

नेपालका लागि कविता कुँवरले २.१ ओभरमा ओपनर ब्याटर मारिको हिललाई सीता रानाको हातबाट कयाच आउट गराउँदै नेपाललाई सुरुआती अग्रता दिलाएकी छन् ।

खेलमा हाल हङकङ ५ ओभरमा १३ रनका साथमा २ विकेटको क्षतीमा रहेको छ ।

यही अगष्ट ३१ देखि मलेसियामै हुने आईसीसी महिला टी-२० विश्वकप एसिया क्वालिफायरको तयारी स्वरुप चारदेशीय टी-२० सिरिज हुन लागेको हो ।

नेपालले सन् २०१९ यता हङकङलाई हराउन सकेको छैन । त्यसैले हङकङलाई पराजित गर्दै नेपाल सिरिजमा सुदख सुरुआत गर्ने योजनामा छ ।

गत जुनमा भएको इमर्जिङ कपमा भने नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित हुँदा रद्द भएको थियो ।

२०१९ मा टी-२० विश्वकप एसिया छनोटमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको थियो ।

यस्तै २०२१ मा भएको टी-२० विश्वकप एसिया क्वालिफायरमा भने नेपाल हङकङसँग पराजित भएको थियो । यस्तै गत वर्ष भएको एसीसी महिला टी-२० च्याम्पियनसिपमा पनि नेपाल हङकङसँग पराजित भएको थियो ।

नेपालको प्लेइङ ११

रुबिना क्षेत्री, सीता राना मगर, अस्मिना कर्माचार्य, इन्दु बर्मा, विन्दु रावल, काजोल श्रेष्ठ, पूजा महतो, सम्झना खड्का, अप्सरी बेगम, कविता कुँवर र कविता जोशी ।