२०८१ पौष १०, बुधवार , १२:५२:०९ बजे

Sajhamanch
'

भारतको हिमाचलमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५१ पुग्यो, ७५० भन्दा धेरै सडक बन्द

मङ्गलवार, साउन ३०, २०८०

हिमाचल (भारत) । उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५१ पुगेको छ ।

हिमाचलका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले वर्षा प्रभावित क्षेत्रमा अझै धेरै मानिस फसेको र मृतकको सङ्ख्या बढ्न सक्ने बताए । त्यहाँ खोजी र उद्धारको काम निरन्तर भैरहेको छ । ठूलो वर्षा र बाढीले जनजीवन प्रभावित भएको छ ।

राज्य सरकारले सबै विद्यालय, कलेज र अन्य शैक्षिक संस्थाहरु बन्द गर्न निर्देशन दिएको सञ्चारमाध्यमले जनाएका छन् ।

मौसम विज्ञान विभागले हिमाचलमा अझै केही दिन वर्षाको सम्भावना रहेको जनाएको छ । मुसलधारे वर्षाका कारण उत्तरी राज्य उत्तराखण्ड र हिमाचल प्रदेशमा भवन, सडक तथा पुलहरू भत्किएका छन् ।

हिमाचल राज्यको आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार त्यहाँका ७५० भन्दा धेरै सडक बन्द भएका छन् ।