२०८२ असार २२, आइतवार , ०८:१७:३७ बजे

Sajhamanch
'

तीन दिन भित्र राप्रपाको कार्यालय खाली गर्न महानगरको माइकिङ

शुक्रवार, साउन १२, २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय भवन तीन दिन भित्र हटाउन काठमाडौं महानगरले माइकिङ गरेको छ।

पार्टीको केन्द्रीय कार्यालय भवन अनधिकृत भन्दै महानगरले हटाउन माइकिङ गरेको हो।

काठमाडौं महानगरपालिका–४ धुम्बाराहीमा रहेको राप्रपाको कार्यालय विद्युत प्रसारण लाइनमुनि रहेकाले हटाउन निर्देशन दिएको महानगरले जनाएको छ।

महानगरले प्रसारण लाइनमुनि रहेका सबै घरहरु हटाउन लागेको र त्यसमा राप्रपाको केन्द्रीय कार्यालय पनि परेकोले हटाउन माइकिङ गरेको बताएको छ।

सम्बन्धित खबर