२०८१ पौष १८, बिहिवार , ०१:४१:४६ बजे

Sajhamanch
'

सरकारले नै संवैधानिक निकायलाई निरही बनायो : डा. दत्त

बिहिवार, असार ७, २०८०

काठमाडौं । संवैधानिक आयोगहरुलाई सरकारले नै निरही बनाएको मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिसंगको छलफलमा बोल्दै अध्यक्ष डा. दत्तले संवैधानिक आयोगहरु नेपाल सरकारको मातहात निकाय नभएर सरकारलाई खबरदारी गर्ने निकाय भए पनि सरकारले आफ्नो मातहतको निकायजस्तो व्यवहार गर्नु दुखद रहेको बताएका हुन् ।

सो छलफलमा बोल्दै अध्यक्ष डा. दत्तले न्यून बजेट र सिमित स्रोत साधनको बीच पनि मधेशी आयोगले आफ्नो संविधान प्रदत्त अधिकारलाई उपयोग गरी अहोरात्र मधेशी समुदायको सशक्तिकरणको लागि काम गरिरहेको जानकारी दिए । आयोग संग मधेशी समुदायको धेरै नै अपेक्षा भए पनि सरकारको नियतले गर्दा आयोगको हातखुट्टा बाँधिएको अवस्था सिर्जना हुनु निकै चिन्ताजनक विषय रहेको पनि उनको जिकिर थियो ।

आयोगले नेपालको इतिहासमा पहिलो पल्ट औपचारिक रुपमा मधेशी शब्दको परिभाषा, मधेशी समुदायको राज्यमा पहुँच, मधेशी समुदायको थर सूचीकरण जस्ता ऐतिहासिक कामहरु गरेको समेत अध्यक्ष डा. दत्तले जानकारी दिए ।

आयोगको तर्फबाट अध्यक्ष डा. दत्तले संवैधानिक निकायहरु स्वायत र स्वतन्त्र निकाय भएकोले सोही अनुसार काम गर्न दिने कुरालाई संसदमा राखिदिन समितिका सदस्यहरुलाई अनुरोध गरेका छन् । सो छलफलमा समितिका सभापित, सदस्य, मधेशी आयोगका सदस्यहरु, सचिवसहित कर्मचारीहरुको सहभागिता थियो

सम्बन्धित खबर