२०८१ मंसिर १४, शुक्रवार , ०८:४३:३८ बजे

Sajhamanch
'

एनएमसी सहकारी पसलका कर्मचारीलाई अभिमुखीकरण तालिम

बुधवार, वैशाख १३, २०८०

बिर्तामोड । नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गत सञ्चालित सहकारी पसलमा कार्यरत कर्मचारीहरुलाई अभिमुखीकरण तालिम प्रदान गरिएको छ ।

संस्था अन्तर्गत शिक्षा तथा तालिम उपसमितिको आयोजनामा वैशाख १२ गते मंगलबार बिर्तामोड सेवा केन्द्रको सभाहलमा तालिम प्रदान गरिएको हो । उपसमिति संयोजक सावित्रा दाहाल भट्टराईको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण तालिमको सहजीकरण सेवक बजगार्इँले गरेका थिए ।

प्रमुख सहजकर्ताको भूमिका निर्वाह गर्दै बजगाईंले सहकारी पसलबाट प्रदान गरिने सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन कर्मचारीहरुलाई ‘टिप्स’ दिएका थिए । उनले सहकारी पसलमा कार्यरत कर्मचारीहरुले निर्वाह गर्नुपर्ने भूमिका, सदस्य तथा ग्राहकसँग गर्ने व्यवहार र पसलको बजारीकरणका साथै बिक्री प्रवद्र्धन कलाको बारेमा सहजीकरण गरेका थिए ।

बजगाईंले तालिममा सहभागी कर्मचारीहरुलाई समूहमा विभाजन गरी सहकारी पसलका सबल पक्ष, दुर्बल पक्ष, चुुनौती र अवसरहरुको बारेमा सूक्ष्म अन्तरक्रिया समेत गराएका थिए ।

उक्त अभिमुखीकरण कार्यक्रममा संस्थाका सञ्चालक समिति अध्यक्ष रामचन्द्र उप्रेतीले संस्थाको नारा असल संस्कार र समृद्धिका लागि एनएमसी विषयमा सहजीकरण गरेका थिए ।

सहकारी पसल व्यवसायगत उपसमितिका सदस्यहरु तथा व्यवसाय प्रमुुखको उपस्थिति रहेको उक्त अभिमुखीकरण कार्यक्रममा शिक्षा तथा तालिम उपसमितिका सदस्य फाल्गुुनी दाहालले शाब्दिक स्वागत गरेका थिए भने सामुदायिक विभाग प्रमुख हिरन कट्टेलले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।

सम्बन्धित खबर