२०८१ कार्तिक २४, शनिवार , ०५:४३:३५ बजे

Sajhamanch
'

एनएमसीमा समितिस्तरको सहकारी अभिमुखीकरण

बुधवार, वैशाख ६, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)का विभिन्न समिति तथा उपसमितिहरुमा आवद्ध सहकारीकर्मीहरुलाई आज बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी अभिमुखीकरण गरिएको छ ।

सहकारीका विरुद्धमा बजारमा चलिरहेको अफवाहलाई समितिस्तरका जिम्मेवार सदस्यहरुमाझ प्रवाह गरेर वास्तविकता पहिल्याउन सजिलो बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

अभिमुखीकरण अन्तरगत नेफ्स्कुनका पूर्व सिइओ कुवेर निरौलाले ‘सहकारी क्षेत्रको वर्तमान अवस्था, समस्या, चुनौति र सम्भावनाहरु’ विषयमा केन्द्रित रहेर सहजीकरण गरेका थिए ।

सहजकर्ता निरौलाले ‘अहिले सिंगो सहकारी क्षेत्र नै तहसनहस भयो भने जसरी हल्ला चलाइएको छ, तर यो साँचो होइन’ भनी यथार्थ पहिल्याउन सचेत गरे । ‘बचत तथा ऋण कारोबार गर्ने केही सहकारीमा ऋणिले समयमा नै कर्जाको साँवा ब्याजमात्र नतिरेका हुन्, यसले केही समस्या भएको हो तर सहकारी अभियान संकटमा परेको होइन’ निरौलाको भनाई थियो ।

                                                                                              कुवेर निरौला

एनएमसी शिक्षा तथा तालिम उपसमितिको आयोजनामा भएको समितिस्तरीय अभिमुखीकरण कार्यक्रममा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले संस्थामा सेटअप र सिस्टम बसिसकेकाले अब नेतृत्व फेरिँदा पनि कसैलाई अप्ठ्यारो नहुने प्रष्ट पारे । एनएमसीमा पाँचवटा विभिन्न व्यवसाय सञ्चालनमा रहेका र सबैले आफ्नो गति सकारात्मकरुपमा लिइरहेकाले एनएमसी अरुभन्दा बलियो संस्थाका रुपमा रहेको अध्यक्ष उप्रेतीले बताए ।

एनएमसीमा समिति र ब्यवस्थापन समूह प्यारेलल्ली आ–आफ्नो काममा लागेकाले दुवै टिमको सहकार्यमा उत्कृष्ट सेवा प्रवाह गर्न संस्था सफल भएको अध्यक्ष उप्रेतीको भनाई छ ।

आयोजक उपसमितिका सदस्य सचिव हिरन कट्टेलले सञ्चालन गरेको अभिमुखीकरण कार्यक्रममा उपसमितिका संयोजक सावित्रा दाहालले यसको औचित्य प्रष्ट्याउँदै शाब्दिक स्वागत गरेकी थिइन् । आर्थिक मन्दी र तरलता संकटका कारण सहकारी अभियानमा नै भइरहेको समस्या किनारा लगाउन तालिम फलदायी हुने अपेक्षाका साथ संस्थाको पाइलट टिमलाई यहाँ एकसाथ अभिमुख गरिएको उनले बताइन् ।

सम्बन्धित खबर