झापा । ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खाद्य सुरक्षा र कृषि क्षेत्रको सम्वद्र्धनका लागि दक्षिण एशियाली मुलुकहरु बीच सहकार्यको खाँचो रहेको बताएका छन् ।
अखिल नेपाल किसान महासंघले झापाको शिवसताक्षीमा आयोजना गरेको दक्षिण एशियाली किसान सम्मेलनलाई सम्बोधनका क्रममा उनले कुनै एक देशको प्रयास र पहलले मात्र कृषिको उत्पादकत्व वृद्धि र खाद्य सुरक्षा कायम हुन नसक्ने पनि बताएका हुन् ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले नेपाल कृषि उपजमा आत्मनिर्भर हुन नसक्दा गुणस्तरहिन र बिषाक्त खानेकुराहरु खान बाध्य हुनु परिरहेको पनि औंल्याएका छन् ।
कृषिको ब्यवसायीकरण र आत्मनिर्भरताको लागि दक्षिण एशियाली मुलुकहरु बीच सहकार्यको आवश्यकता समेत उनले औंल्याएका छन् ।