२०८१ पौष १९, शुक्रवार , ०५:०७:५२ बजे

Sajhamanch
'

सरकारको प्रवक्तामा मन्त्री रेखा शर्मा

मङ्गलवार, माघ ३, २०७९

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पदभार ग्रहण गरेकी छन् ।

शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै मन्त्री शर्माले सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गरेकी हुन् ।

मन्त्री शर्माले नेपाल सरकारको प्रवक्ताको जिम्मेवारीसमेत सम्हाल्नेछिन् ।

मन्त्री शर्मा दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोख्रेललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

शर्मा यसअघि पनि केन्द्र सरकारको सामान्य प्रशासन मन्त्री भएर जिम्मेवारी निर्वाह गरिसकेकी छन् ।

सम्बन्धित खबर