२०८१ असोज ३, बिहिवार , ०१:१३:४६ बजे

Sajhamanch
'

गोमेन्द्रमा एमबीए र‌ एमसीए–आइटी सुरु

शनिवार, पौष २३, २०७९

बिर्तामोड । झापाको‌ निजी शैक्षिक प्रतिष्ठान मध्येको एउटा अग्रणी र पुरानो गो‌मे‌न्द्र बहुमुखी महाविद्यालयले आगामी शै‌क्षिक सत्रदे‌खि पूर्वाञ्चल विश्वविद्यालय अन्तरगतको एमबीए र‌ एमसीए–आइटीको‌ कक्षा सञ्चालन गर्ने भएको छ ।

आज पत्रकार‌ सम्मे‌लनको‌ आयो‌जना गरी गोमेन्द्रले एमबीए र‌ एमसीए–आइटीको‌ अध्यापनको‌ अनुमति पूर्वाञ्चल विश्वविद्यालयले‌ दिएपछि कार्यक्रम सुरु गर्न लागिएको जनाएको हो । शै‌क्षिक सत्र २०७९/०८० दे‌खि नै यी दुवै विषयको पठनपाठन हुने‌ पत्रकार सम्मेलनमा जनाइएको‌ छ । कले‌जका प्राचार्य डा. रुपक खनालले‌ साविक मे‌ची अञ्चल मै‌ पहिलो‌ पटक झापामा स्नातको‌त्तर‌ तहको‌ एमबीए र‌ एमसीए–आइटीको‌ अध्यापन हुने‌ लागे‌को‌ बताए ।

स्नातको‌त्तर‌ तहको‌ विभागीय प्रमुखमा प्रा.डा. पृथ्वीविक्रम राई र‌हे‌का छन् भने एमबीएतर्फ बिमल राजवंशी र एमसीएतर्फ सुनिल शर्मा कोअर्डिनेटर नियुक्त गरिएको छ । अन्य फ्याकल्टी मेम्बरहरु समेत पीएचडी र एमफिल गरेका प्राध्यापकहरु रहेका प्राचार्य डा. खनालले जनाएका छन् ।

चार वटा सेमेस्टरमा हुने दुई वर्षे कोर्षका लागि साढे तीन लाख रुपैयाँ खर्च लाग्ने छ । बिहानी सत्रमा एमबीए र सन्ध्या सत्रमा एमसीएको कक्षा सञ्चालन हुनेछ । दुवै फ्याकल्टीमा ३३/३३ जना संख्या तोकिएको छ भने पूर्वाञ्चल विश्वविद्यालयले सिफारिस गरेका ३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महाविद्यालयका संस्थापक अध्यक्ष गणे‌शप्रसाद खनालको‌ अध्यक्षतामा भएको‌ कार्यक्रमको‌ सञ्चालन ले‌क्चर‌र‌ शे‌खर‌ पाण्डे‌ले‌ गर‌ेका थिए । संस्थापक अध्यक्ष खनालले आफूले सरकारी जागिर खाँदा जापान भ्रमणमा गएका बेला कम्प्युटर शिक्षाका बारेमा थाहा पाएर झापामा पनि कम्प्युटर विषयको अध्यापन शुरु गरेको बताए । उनले स्नाकोत्तर अध्ययनको वातावरण झापामा बन्नु सुखद भएको सुनाउँदै आगामी दिनमा कृषि सम्बन्धी कक्षाहरु सञ्चालन गर्ने सोच रहेको बताए ।

सम्बन्धित खबर