२०८१ मंसिर १३, बिहिवार , ०५:३१:१७ बजे

Sajhamanch
'

समानुपातिक परिणामः कुन दलले कति पाए मत ?

सोमवार, मंसिर १२, २०७९

काठमाडौं । मंप्रि ४ गते सम्पन्न मतदानको मत गणना चलिरहेको छ । निर्वाचन भएका लगभग सबै ठाउँको प्रत्यक्षतर्फको मत परिणाम आइसकेको छ । र, अब सबैको ध्यान समानुपातिक तर्फको मत परिणाम तिर ध्यान गएको छ ।

आज बिहानसम्मको मत परिणाम अनुसार नेकपा एमाले सबैभन्दा बढी सिट पाउने दल बन्ने देखिएको छ । सोमबार बिहान १० बजेसम्म ९२ लाख ८९ हजार मत गणना हुँदा एमालेले सबैभन्दा धेरै २५ लाख ३० हजार २१४ मत पाएको छ । यो मत अनुसार एमालेले ३५ सिट पाउने देखिएको छ ।

नेपाली कांग्रेसले समानुपातिक तर्फ २३ लाख ९६ हजार ९३ मत पाएको छ । यस आधारमा कांग्रेसले ३३ सिट पाउने छ ।समानुपातिक तर्फको मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माओवादी केन्द्रभन्दा अगाडि छ । रास्वपाले १० लाख ६२ हजार ९८० र माओवादी केन्द्र १० लाख ६१ हजार २०० मत पाएका छन् । यस आधारमा दुवै दलले समान १५÷१५ सिट पाउने देखिन्छ ।

त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ८ र जनता समाजवादी पार्टी (जसपा) नेपालले ४ सिट पाउने सम्भावना छ । राप्रपाले ५ लाख ४५ हजार १८८ र जसपाले ३ लाख २४ हजार ३१० मत पाएका छन् ।

नेकपा एमालेबाट फुटेर बनेको तर आफूलाई ठूलै शक्तिको रुपमा दावी गरिरहेको नेकपा एसले अहिलेसम्म राष्ट्रिय पार्टी बन्न आवश्यक थ्रेसहोल्ड पनि पुर्याएको छैन । तथ्याङ्क अनुसार सो पार्टीले हालसम्म २ लाख ५१ हजार ४७६ मत पाएको छ ।

सम्बन्धित खबर