२०८१ मंसिर १५, शनिवार , ०८:५९:३७ बजे

Sajhamanch
'

आम निर्वाचनको तरङ्गः माओवादी ललितपुर जिल्ला संयोजक र सचिवले दिए राजीनामा

सोमवार, मंसिर १२, २०७९

काठमाडौं । निर्वाचनमा व्यहोरेको हारको जिम्मेवारी लिंदै नेकपा माओवादी केन्द्र ललितपुरका संयोजक र सचिवले राजीनामा दिएका छन् ।

ललितपुर जिल्ला संयोजक शिवप्रसाद कट्टेल र सचिव दीपक पुलामीले नैतिकताका आधारमा पदबाट राजीनामा दिएको बताएका हुन् ।

ललितपुर क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रका उपमहासचिव एवम् ऊर्जामन्त्री पम्फा भुसाल पराजित भएकी थिइन् । क्षेत्र नं. ३ को प्रदेश सभा १ बाट माओवादी केन्द्रकै राजकाजी महर्जन पनि पराजित भएका थिए ।

यसैगरी ललितपुर क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा माओवादी केन्द्रका उम्मेदवार हरि दाहालले पनि हार व्यहोरेका थिए ।

उनीहरुको हारको नैतिक जिम्मेवारी लिंदै माओवादी केन्द्रका ललितपुर जिल्ला संयोजक कट्टेल र सचिव पुलामीले पार्टीको बागमती प्रदेश कार्यालयमा राजीनामा बुझाएका हुन् ।

कट्टेल स्थानीय तह निर्वाचनमा महालक्ष्मी नगरपालिकाको मेयर उम्मेदवारसमेत थिए । तर उनी एमाले उम्मेदवार हरिगोविन्द श्रेष्ठसँग पराजित भएका थिए ।