सहकारी पसलको केन्द्रीय वितरण कक्ष निर्माण प्रयोजन जग्गा खरिदका लागि कोटेशन आह्वान

November 17, 2021 3:23 pm

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

जग्गा खरिदका लागि कोटेशन आह्वान

प्रथमपटक प्रकाशित मितिः २०७८।८।१

संस्था अन्तर्गत सञ्चालित सहकारी पसलको केन्द्रीय वितरण कक्ष (Distribution Center-DC) निर्माण प्रयोजनका लागि निम्न विवरणसहितको जग्गाको आवश्यकता परेको हुँदा इच्छुक जग्गाधनीहरूबाट रीतपूर्वकको सिलबन्दी कोटेसन आह्वान गरिन्छ ।

आवश्यक विवरणः

१. जग्गा करिब १० कठ्ठादेखि एक बिगाहासम्म हुनु पर्नेछ ।
२. जग्गा पूर्वमा मेचीनगरको चारआलीदेखि पश्चिममा कनकाई नदीसम्म र पूर्व पश्चिम राजमार्गबाट करिब एक किलोमिटरको आसपासमा हुनु पर्नेछ ।
३. जग्गासम्म पुग्न सकिने करिब तीस फुट बाटोको पहुँच भएको हुनु पर्नेछ ।
४. जग्गा बिक्री गर्न चाहने जग्गाधनीले पहिलो चरणमा आफूले बिक्री गर्न चाहेको जग्गाको अवस्थिति खुल्ने गरी जग्गाको क्षेत्रफल, कित्ता नं., ठेगाना (साविक र हाल), सँधियार र जग्गासम्म पुग्न सकिने विवरण खुल्ने गरी बिक्री गर्न चाहेको प्रति एकाइ (प्रतिकठ्ठा, प्रति बिगाहा आदि) मूल्यसहितको सिलबन्दी निवेदन दिनु पर्नेछ ।
५. पहिलो चरणमा निवेदन पेस गर्दा निवेदनका साथमा जग्गाको नक्सा र धनीपुुर्जाको प्रतिलिपि पेस गर्नु पर्नेछ ।
६. निवेदन जग्गाधनी स्वयम् वा निजको प्रतिनिधिले पनि पेस गर्न सकिने छ ।
७. पहिलो चरणमा प्राप्त निवेदनहरूमध्ये प्रारम्भिक चरणको छनोटमा परेका निवेदकहरुसँग संस्थाको तर्फबाट थप कागजात माग गर्न सकिने छ ।
८. प्राप्त निवेदनको अध्ययनका आधारमा जग्गा खरिद गर्ने वा नगर्ने सम्पूर्ण अधिकार संस्थामा निहित रहने छ ।
९. कोटेसन सम्बन्धी निवेदन संस्थाको कर्पोरेट कार्यालय काँकरभिट्टामा २०७८ साल मंसिर १७ गते शुक्रबारसम्म बुझाउन सकिने छ ।
१०. थप जानकारीकालागि संस्थाको कर्पोरेट कार्यालयमा सम्पर्क गर्न सकिने छ ।

प्रमुख कार्यकारी अधिकृत

          November 17, 2021 3:23 pm | विज्ञापन

प्रतिकृयाहरू :

समाचारहरु: