
रोनाल्डोको दुई गोलसहित युभेन्ट्सको जित
February 23, 2021 10:39 am

काठमाडौं । साविक विजेता युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा जित हासिल गरेको छ । सोमबार राति भएको खेलमा युभेन्ट्सले क्रोटोनलाई ३–० ले हराएको हो ।
घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । वेस्टन म्याकेनीले एक गोल थपे । खेलको ३८औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि युभेन्ट्सले २–० को अग्रता बनायो । रोनाल्डो लगातार १४ सिजन २५ भन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् ।
६६औँ मिनेटमा वेस्टनले गोल गर्दै युभेन्ट्सलाई ३–० को जित दिलाए । जितसँगै युभेन्ट्स लिगको तेस्रो स्थानमा उक्लिएको छ । युभेन्ट्सले २२ खेलबाट ४५ अंक जोडेको छ । क्रोटोन १२ अंकसहित पुछारमा छ ।
February 23, 2021 10:39 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

६७ जनामा कोरोना संक्रमण

ताप्लेजुङका आगलागी पीडितहरुलाई सांसद भट्टराईको ५ लाख, सरकारले पनि ५-५ लाख दिने

प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछाडि हटिन्न; देउवा

सेभिल्लाविरुद्ध बार्सिलोनालाई दवाव

६ विद्यार्थी संगठनद्वारा मूल्यवृद्धिको विरोधमा प्रदर्शन

NC should join govt: Shashanka Koirala

चैत २ मा मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने
