
संसद सचिवालयको वेभसाइटमा रङ नम्बर राखिएपछि ….

बिर्तामोड । झापा बिर्तामोडका डिल्लीराम श्रेष्ठ सवारी भाडामा लगाउने काम गर्छन् । सवारी भाडामा लगाउने उनलाई पछिल्लो समय गाडी खोज्नेभन्दा माननीयज्यू भन्दै फोन गर्नेको सङ्ख्या धेरै छ ।
फोन गर्ने क्रममा उनलाई पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पनि फोन गरे । नेकपा विभाजन पछि उनलाई माननीयज्यू भन्दै फोन आउने क्रम बढेको हो ।
नयाँ नम्बरबाट फोन आउँदा उनी उठाउँथे । एकपटक फोनमा म माधवकुमार नेपाल बोलेको भन्दै फोन आएको उनले बताए ।
प्रदेश १ संसद सचिवालयले वेभसाइटमा झापाका प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीको नम्बर भन्दै डिल्लीराम श्रेष्ठको मोवाइल नम्बर ९८५२६७२७३९ राखिदिएको छ । भूलबस राखिएको सो नम्बरले डिल्लीरामलाई भने हैरान बनाएको हो ।
‘अलिक अगाडि माधवकुमार नेपालले पनि फोन गर्नुभयो,’ उनले भने, ‘माननीयज्यू भन्दै फोन आइरहेका छन् । रङ नम्बर भन्दै जवाफ फर्काउँछु ।’
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएयता उनलाई फोन आउने क्रम बढेको थियो । मैनालीले मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
प्रचण्ड–माधव समूहका उनी ओली समूहमा लाग्दै आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् । हस्ताक्षर फिर्ता लिएपछि डिल्लीरामलाई आउने फोन पनि कम भएको छ । ‘अलिक अघिसम्म त धेरैले फोन गरे,’ उनले भने, ‘अहिले अलिक कम छ ।’
प्रदेश १ को संसद सचिवालयको वेवसाइटमा सांसद मैनालीको मोबाइल नम्बर भनी ९८५२६७२७३९ राखिएको छ । तर सो नम्बर भने डिल्लीरामको हो ।
January 22, 2021 12:07 pm | प्रदेश तह,मुख्य समाचार,रोचक कुरा / टिप्स,समाज
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

कोभिड–१९ बाट अत्यधिक प्रभावित इटलीमा गरिबीको दर उच्च

ओली र विप्लवले संयुक्त सम्बोधन गर्दै

वीरता लेडी जेसीजद्वारा उत्कृष्ट नारी सम्मानको घोषणा

बालअधिकार सम्वन्धि छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न

दूधे माविमा आमाको स्मृतिमा छोरी ज्वाइँद्वारा अक्षयकोष स्थापना

चन्द समूहमाथिको प्रतिबन्ध फुकुवा

शिवसताक्षी मेयर कपः ट्राइवेकरमा वडा नं. १ विजयी
