२०८१ वैशाख २२, शनिवार , ०९:०२:४२ बजे

Sajhamanch
'

सशस्त्रद्वारा ५ लाख रुपैयाँको ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

बिहिवार, वैशाख १३, २०८१

झापा । सशस्त्र प्रहरीले अन्दाजी ५ लाख मुल्य बराबरको लागूऔषध ब्राउन सुगरसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत विहार किसनगञ्ज जिल्ला सिंहिमारी ग्राम पञ्चायत–८ निवासी ५५ वर्षीय अजुमुदिन आलम र सोही जिल्ला कदुभिट्टा ग्राम पञ्चायत– २ निवासी २६ वर्षीय मस्ताहक आलम रहेको सशस्त्र प्रहरी नेपाल २ नम्बर गण झापाका प्रवक्ता दिनेश कुटवालले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट टाघनडुब्बाको टोलीले बुधवार दिउँसो १ः५० बजेको समयमा झापा गाउँपालिका १ सितुमारी कार्की चौकबाट भारतबाट नेपालतर्फ पैदल हिँडेर आइरहेका उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूले सशस्त्रलाई देखेपछि बाटो नजिकै घाँसकारीमा लुकाउँदै गरेको अवस्थामा एक सय ग्राम ब्राउन सुगर फेला पारेको थियो । ब्राउन सुगरसहित पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा बुझाइसकेको जनाइएको छ ।

भारतमा प्रति ग्राम १५०० भारतीय रुपैयाँमा पाइने ब्राउन सुगर झापा जिल्ला ल्याएपछि ५ हजार नेपाली रुपैयाँ पर्न जान्छ । बरामद गरिएको एक सय ग्रामको नेपाली बजार मुल्य ५ लाख हुन्छ ।

सम्बन्धित खबर