२०८१ जेठ ५, शनिवार , ०१:०२:१० बजे

Sajhamanch
'

वेष्टइण्डिज ‘ए’ विरुद्ध नेपालले पायो १७३ रनको लक्ष्य

शनिवार, वैशाख २२, २०८१

काठमाडौं । वेष्टइण्डिज ‘ए’ ले पाँचौं तथा अन्तिम टी–२० खेलमा घरेलु टोली नेपाललाई १७३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइण्डिज ‘ए’ ले २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनायो ।

वेष्टइण्डिज ‘ए’ का एलिक एथानाजेले २९ बलमा १ चौका र ३ छक्कासहित ४२ रनमा नट आउट रहे । रोस्टन चेसले २३ बलमा ५चौकासहित सर्वाधिक ३३, जोनसन चार्ल्स २४, कदिम एलियन र मार्क दयालले ११-११ रन बनाए । म्याथ्फु फर्ड १२ बलमा ३ छक्कासहित २३, फबिएन एलेन ३ र गुणाकेश मोती १ रनमा आउट भए ।

नेपालका सोमपाल कामीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । स्पिनर सागर ढकालले २ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए ।

सम्बन्धित खबर