२०८१ वैशाख २१, शुक्रवार , ०९:५५:३८ बजे

Sajhamanch
'

काठमाडौं र ललितपुरमा एसईईका उत्तरपुस्तिका परीक्षण सुरु

बिहिवार, वैशाख १३, २०८१

काठमाडौं । काठमाडौं र ललितपुरको उत्तरपुस्तिका परीक्षण केन्द्रका शिक्षकहरूले माध्यमिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका परीक्षण सुरु गरेका छन् ।उत्तरपुस्तिका परीक्षण सुरु नहुँदै पारिश्रमिक कम भएको भन्दै शिक्षकहरूले परीक्षण केन्द्रमा ताला लगाएका थिए ।

विभिन्न शिक्षक संगठनहरूले उत्तरपुस्तिका परीक्षक, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकको पारिश्रमिक बढाउनुपर्ने माग राखेका थिए ।

राष्ट्रिय परीक्षा बोर्डले पारिश्रमिक बढाउने प्रक्रिया अगाडि बढाएको भन्दै परीक्षण तत्काल सुरु गर्न निर्देशन दिएपछि सुरु भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । उनले भने ‘उहाँहरूको माग जायज छ, हामीले पारिश्रमिक बढाउने प्रक्रिया सुरु गरेका छौं ।’

कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले पनि उत्तरपुस्तिका परीक्षण प्रक्रिया सुरु भएको जानकारी गराए ।

सम्बन्धित खबर