यस्तो छ सन्दकपुरको वृत्तचित्र

June 28, 2019 8:24 pm

फिक्कल । सन्दकपुर गाउँपालिकाको वृत्तचित्र ‘टुरिज्म डेस्टिनेसन भिडियो च्यालेन्ज अवार्ड’ को पब्लिक च्वाइस अवार्डको लागि भिडियो सार्वजनिक गरिएकोछ ।

वि विल राइज फाउन्डेसनले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी गत जनवरीदेखि सुरु गरेको सो अभियानको भिडियो गत असार ९ गते आयोजकको फेसबुक पेज र युट्युब च्यानलबाट सार्वजनिक गरेको हो ।

भिडियोमा आएको लाइक÷रियाक्ट र भिडियोको भ्यूलाई मुख्य आधार बनाएर विजेता भिडियोको छनौट गरिनेछ । युट्युव लाइक, फेसबुक लाइभ÷रियाक्टरलाई ३० अंक, युट्युव भ्यूजलाई २० अंक र फेसवुक भ्यूजलाई १० अंक तोकिएको छ । भोटिङ असार १६ गते बेलुका ५ बजेसम्मलाई तोकिएकोछ ।

देशभरका प्रचुर पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण हुनसक्ने हाम्रा गाउँठाउँका प्राकृतिक, सांस्कृतिक सम्पदा, कला, संस्कृति, भेषभुषा, जातजातिको पहिचान, खानपान, कला लगायतका विषयवस्तुमा केन्द्रित रही भिडियो डकुमेन्ट्री निर्माणका लागि आह्वान गरिएको थियो ।

सन्दकपुरको वृत्तचित्र पब्लिक च्वाइस अवार्डसँगै वेस्ट स्क्रिप्ट राइटर र मस्ट पोटेन्सियल डेस्टिनेशनका लागिसमेत छनौट भएको हो । पत्रकार सुजन तिम्सिनाको लेखन तथा निर्देशनमा बनेको भिडियोमा पत्रकार दयाराम दाहाल, निराजन खनाल, प्रेम अधिकारी, बासुदेव तिम्सिना, सन्दिप प्रधान र नमीन ढकाल लगायतको टिमले काम गरेको थियो ।

सन्दकपुर गाउँपालिका इलामका विजय राई मोस्ट इनर्जेटिक भिडियो मेकर अवार्डको मनोनयनमा परेका छन् । उनी सेतीदेवी नामक भिडियोबाट मनोनयमा परेका हुन् । अवार्डको अन्तिम घोषणा आगामी असार १६ गते (जुलाई १) मा काठमाडौँमा हुनेछ ।

          June 28, 2019 8:24 pm | भिडियो,मुख्य समाचार,राष्ट्रिय समाचार,लोकप्रिय,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित