सवारी दुर्घटनामा एकको मृत्यु

6 months अगाडी

झापा । पूर्व पश्चिम सडक खण्डको शिवसताक्षी १ मा अनियन्त्रित भई मोटरसाइकल पल्टदा एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक इलाम चुलाचुली नगरपालिका–१ निवासी ३५ वर्षीय इन्द्रकुमार राई रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ आफैले चलाउँदै गरेको मे६प ७६०५ नंको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएर मोटरसाइकल चालक राई  गम्भीर घाइते भएका थिए।

घाइते राईलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो । उपचारको क्रममा राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।

          June 24, 2018 9:31 am | अर्थ,कला/मनोरंजन,खेलकुद,टप,टिप्स/जानकारी,प्रदेश,प्रवास,फोटो,भिडियो,राजनीति,रोचक,लोकप्रिय,विचार/ब्लग,संगीत,समाचार,समाज,सहकारी,साहित्य,स्थानीय तह,स्वास्थ्य
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...