२०८१ वैशाख १२, बुधवार , ०६:३०:३६ बजे

Sajhamanch
'

नेकपा एमाले केन्द्रीय कमिटी बैठक वैशाख २८ देखि ३० गतेसम्म झापामा गरिँदै

मङ्गलवार, वैशाख १२, २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

वैशाख अन्तिम साता बोलाइएको बैठक झापामा बस्ने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बताएका छन् । उनका अनुसार, बैठक वैशाख २८ देखि ३० गतेसम्म चल्नेछ ।

गत मंसिरको चुनावपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको छैन । यो बीचमा दुई महिने ग्रासरुट अभियान चलाएको थियो । यो अभियान पनि वैशाख १० गते सकिएको छ ।