२०८२ मंसिर १३, शुक्रवार , १२:२७:२० बजे

Sajhamanch

अपराध

काठमाडौं । जिल्ला अदालत काठमाडौं परिसरबाट हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले दुवाकोटबाट पक्राउ गरेको छ । बुधबार जिल्ला अदालत काठमाडौं परिसरबाट फरार भएका विमल खड्कालाई आज बिहान दुवाकोटबाट पक्राउ गरिएको एक प्रहरी अधिकृतले बताए । […]

बिहिवार, पौष १९, २०८०

काठमाडौं । जिल्ला अदालत, काठमाडौं परिसरबाट एक जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार, ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका हुन् । उनलाई डलर देखाएर लुटपाट […]

बुधवार, पौष १८, २०८०

इजरायली ड्रोन आक्रमणमा परी हमासका एक शीर्ष नेता मारिएका छन्। लेबनानको दक्षिणी बेरुतमा इजरायली ड्रोन हमलामा हमासका वरिष्ठ अधिकारी सालेह अल–अरौरी मारिएको हमासलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।यद्यपि इजरायलले आधिकारिक रूपमा उक्त घटनाको जिम्मेवारी […]

बुधवार, पौष १८, २०८०

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भनेर १० करोडभन्दा बढी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सी स्टार ट्रेनिङ सेन्टरका सञ्चालक ललितपुर, कोन्ज्योसोम गाउँपालिका-१ का […]

मङ्गलवार, पौष १७, २०८०

सन् २०२३ मा साउदी अरबले १७० जनालाई मृत्युदण्ड दिएको छ।साउदी प्रेस एजेन्सीले आन्तरिक मन्त्रालयको विज्ञप्ति उद्धृत गर्दै आइतबार मृत्युदण्ड दिइएका चार जनालाई हत्याको अभियोगमा दोषी ठहर गरेको बताएको छ। तीमध्ये दुईजनालाई उत्तरपश्चिमी सहर ताबुक, एक […]

मङ्गलवार, पौष १७, २०८०

काठमाडौं । प्रहरीले दिल्लीमा नेपाली युवतीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुई जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा स्याङ्जाका ३५ वर्षीय टीकाराम भण्डारी र उनकी पत्नी ३१ वर्षीया अस्मिता भण्डारी छिन् । प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले […]

सोमवार, पौष १६, २०८०

भोजपुर । प्रहरीले कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार एक अभियुक्तलाई ३० वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरले फरार अभियुक्त टेम्केमैयुङ गाउँपालिका वडा नं ५ खावाका ४६ वर्षीय पूर्णहाङ राईलाई पुस १४ […]

सोमवार, पौष १६, २०८०

पर्वत । पर्वतमा तरुल खोज्न गङ्गल गएका युवकको हत्या भएको छ । मोदी गाउँपालिका-२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो । रिजालको उनीसँगै तरुल खोज्न गएका व्यक्तिले हत्या गरेको प्रहरीले जनाएको छ […]

सोमवार, पौष १६, २०८०

काठमाडौं । काठमाडौंको चाबहिलबाट एक व्यक्तिलाई अपरहण गरी साढे १३ लाख रुपैयाँ असुलेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको माकलबारीका ४२ वर्षका तेजमान तामाङ र २६ वर्षका सौगात तामाङ, थलीका ३२ […]

आइतवार, पौष १५, २०८०

तेल अवीव । इजरायलसँग चलिरहेको युद्धका कारण गाजा सहरका झण्डै आधा ठूला भवन र ७० प्रतिशत घरहरू क्षतिग्रस्त भएका छन् ।टाइम्स अफ इजरायलले वाल स्ट्रिटको रिपोर्टलाई उद्धृत गर्दै जनाए अनुसार स्ट्रिपका स्याटेलाइट फोटोग्राफी र अन्य […]

आइतवार, पौष १५, २०८०