२०८१ जेठ ४, शुक्रवार , ०९:३७:२५ बजे

Sajhamanch
'

दुई राउण्ड गोली चलाएर प्रहरीले लियो लागुऔषध कारोबारीलाई नियन्त्रणमा

मङ्गलवार, वैशाख १८, २०८१

झापा। झापाको  गाउँपालिका–३ कामाटोलीबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

झापा–३ स्थित अक्कल बहादुर बिश्वकर्माको घरको तेश्रो तल्लामा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले झापा–४ का २५ वर्षीय सरिफुल आलमलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।

आलमलाई नियन्त्रणमा लिन खोज्दा उनले आफ्नो साथमा रहेको दाउ र खुकुरीबाट प्रहरी माथी आक्रमण गर्न खोज्दा प्रतिरक्षा स्वरुप प्रहरीले गोली चलाउदा निजको बाँया खुट्टाको तिघ्रा र पिडुलामा २ राउण्ड गोली लागी घाइते भएको प्रहरीको भनाइ छ ।

प्रहरीले उनको साथबाट ११६ ग्राम ६० मिलिग्राम ब्राउनसुगर, दाउ थान १ र खुकुरी थान १ बरामद गरेको जनाएको छ । गोली लागेर घाइते भएका आलमलाई उपचारार्थ प्रादेशिक अस्पताल भद्रपुर झापामा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खबर