२०८१ जेठ ७, सोमवार , ०२:४६:१२ बजे

Sajhamanch
'

बाच्छो काटेको आरोपमा ३ जना पक्राउ

मङ्गलवार, वैशाख १८, २०८१

भक्तपुर । भक्तपुरबाट गाईको बाच्छो काटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भएका ४२ वर्षीय वीर बहादुर रानामगर, ३५ वर्षीय काशीराम लोप्चन र सिन्धुपाल्चोक घर भएका ३४ वर्षका च्याङ्बा तामाङ छन् ।

आरोपीहरुले वैशाख १४ मा चाँगुनारायण नगरपालिका–९ ताथली स्थित भद्र कुमारी खोलामा बाच्छो काटेका हुन् । प्रहरी प्रभाग सुडाल र वृत्त जगातीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर