२०८१ जेठ ४, शुक्रवार , १२:४५:४८ बजे

Sajhamanch
'

रामेछापमा वनमा आगो लगाउँदै हिँड्ने एक जना पक्राउ

सोमवार, वैशाख १७, २०८१

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई प्रहरीले आगो लगाउँदै गर्दा पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप नगरपालिका–३ साँघुटारका १९ वर्षीय सुबास महत रहेका छन् ।

उनले आफ्नै गाउँको कालिकादेवी सामुदायिक वनमा आँगो लगाउँदै गर्दा जङ्गलबाट प्रहरीले पक्राउ गरेको हो । महतले सामुदायिक वनको विभिन्न ठाउँमा आगो लगाउँदै हिँडेको स्थानीयले देखेपछि प्रहरी चौकी साँघुटारमा खबर गरेका थिए ।

सम्बन्धित खबर