धनगढी । भारतको राजस्थानमा ट्रकले बसलाई ठक्कर दिंदा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । गुजरातको भावनगरबाट मथुरा जाँदै गरेको बसलाई ट्रकले राजस्थानको भरतपुर भन्ने स्थानमा ठक्कर दिएको थियो । […]
भोजपुर । भोजपुरे खुकुरी बनाउने कालिगड व्यवसाय सञ्चालन गरेर भोजपुरका महेन्द्रकुमार विश्वकर्माले मनग्य आम्दानी गर्दै आएका छन् । लोप हुने अवस्थामा रहेको कालिगड पेसालाई अँगालेर उनले वार्षिक आठ लाखदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका […]
काठमाडौं । बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा र्यालीसहित विरोध सभा गर्ने भएको छ।र्याली मध्यान्ह सवा १२ बजे काठमाडौंको भृकुटी मण्डपबाट सुरु हुने रत्नपार्कमा पुगेर सभामा परिणत हुनेछ। विरोध सभामा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन […]
काठमाण्डौ । सरकारले पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)विरुद्धको खोप आजदेखि वितरण गर्दैछ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट खोप अभियानको शुरुवात गर्ने कार्यक्रम रहेको छ । यो […]
काठमाण्डौ । लिबियामा विनाशकारी आँधी र बाढीका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ३ सय जना पुगेको छ । पूर्वी लिबिया सरकारका नेताले कम्तिमा दुई हजार ३ सय मानिसको ज्यान गएको र हजारौँ बेपत्ता भएको […]
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङप्रति आज दिउँसो १ बजेसम्म श्रद्धाञ्जली दिन सकिने भएको छ । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय च्यासलमा श्रद्धाञ्जली अर्पण गर्न सकिने व्यवस्था […]
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युुरो (सीआईबी)ले करिब ६१ किलो सुन तस्करी प्रकरण सम्बन्धी अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ । यसबारे जानकारी दिन सीआईबीले आज ११ः३० बजे पत्रकार सम्मेलन समेत आयोजना […]
नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरको काङपोकी जिल्लामा मंगलबार बिहान अज्ञात बन्दुकधारीले तीनजनाको गोली हानी हत्या गरेका छन् । “बिहान बन्दुकधारीले काङपोकीको कुकी–जोमी समुदायका तीनजना गाउँलेमाथि आक्रमण गरेका थिए । तीनैजना गाडीमा यात्रा गरिरहेका बेला […]
काठमाडौं । सरकारले बिहीबार देशभर सार्वजनिक बिदा दिएको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अन्तिम संस्कार बिहीबार हुने भएकाले देशभर सार्वजनिक बिदा दिइएको गृहमन्त्रालयले जनाएको छ । मंगलबार बिहान मन्त्रिपरिषद्को बैठकले दिवङ्गत नेम्वाङको अन्तिम सम्मानको […]