२०८१ साउन १२, शनिवार , १०:१८:४४ बजे

Sajhamanch
'

कोरोना भाइरस उपचारको प्रभावकारी औषधि पत्ता लगाएको अमेरिकाको दावी

शुक्रवार, चैत २८, २०७६

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उपचारका लागि प्रभावकारी हुने औषधि पत्ता लागेको दावी गरेका छन् ।

ह्वाइ टहाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले औषधि उत्पादक कम्पनी फाइजरले कोरोना भाइरसको संक्रमण फेरि फैलिन नदिन प्रभावकारी हुने औषधि उत्पादन गरेको जानकारी गराएका हुन् ।

औषधिको मानिसमा परीक्षण हुन बाँकी रहेको र चाँडै मानवीय परीक्षण गरिने जानकारी उनले बताएका छन् । ट्रम्पले अहिले त्यसको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले परीक्षण गरिरहेको पनि बताएका छन् ।

कोरोना भाइरसको संक्रमण निको भएकामा फेरि संक्रमण फैलिएका भने चिन्तामा परेकाहरुलाई यो खुशीको खबर हो । महामारी नियन्त्रण गरेको चीन पनि फेरि कतै देशमा महामारी फैलिन्छ कि भन्ने चिन्तामा छ ।

ट्रम्पले कोरोना भाइरसको उपचारमा मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीन प्रभावकारी हुने भन्दै उक्त औषधि पठाउन भारतसँग आग्रह नै गर्दै आएका छन् । ट्रम्पले अमेरिकामा २० लाखभन्दा बढी व्यक्तिको कोरोना भाइरस परीक्षण गरिएको दाबी पनि गरेका छन् ।

अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १६ हजार ६ सयभन्दा बढी भएको छ । बिहीबार मात्रै १७ सयभन्दा बढीको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या चार लाख ६८ हजार नाघेको छ । एजेन्सी

सम्बन्धित खबर