२०८१ असार ३, सोमवार , १०:३०:५२ बजे

Sajhamanch
'

सिनेमा हलमा नजान सरकारको आग्रह

शनिवार, चैत १, २०७६

कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै नेपाल सरकारले बिहीवार साँझ १९ वटा निर्णय गरेको छ । जसमध्ये १९औं नम्बरको निर्णयले नेपाली फिल्म क्षेत्रमा संकट उत्पन्न हुने खतरा सृजना भएको छ ।

सरकारले ठूलो संख्यामा मानिसहरुको भेला हुने सिनेमा हलमा नजान आव्हान गरेको छ । सिनेमा हलमा कोरोनाको जोखिम उच्च हुने भएकाले सरकारले यो आव्हान गरेको हो ।

‘कोरोना भाइरसको संक्रमणबाट जोगिन ठूलो संख्यामा मानिसहरू भेला हुने सिनेमा हल, सभा समारोह, सामाजिक कार्य एंव मेला महोत्सव सहभागी नहुन आम जनसमूदायलाई आह्वान गर्ने’, सरकारले गरेको निर्णयमा भनिएको छ । सरकारले यो आह्वान गर्नुभन्दा अगावैदेखि कोरोनाको त्रासले हलमा दर्शक पातलिन थालेका थिए । अब, झन् हलहरु सुनसान हुने भएका छन् ।

सरकारले भीडभाड हुने सिनेमा हलमा नजान आग्रह गरेपछि देशभर सञ्चालनमा रहेको सयभन्दा बढी हलहरु बन्द हुनसक्ने सम्भावना बढेको छ । दर्शकको स्वास्थ्यलाई ख्याल गर्दै कोरोनाको जोखिम न्यूनिकरणका लागि मल्टीप्लेक्स हलहरुले विशेष सावधानी अपनाए पनि अहिले प्रतिक्षीत विदेशी फिल्म हेर्न समेत दर्शक आएका छैनन् । सिंगल थिएटरको अवस्था झन् नाजुक छ ।

सरकारको यो निर्णयपछि चैत २१ मा आउन लागेको फिल्म ‘लक्का जवान’ र चैत २८ का दुई फिल्म ‘प्रेमगीत ३’ र ‘चपली हाईट ३’ को प्रदर्शनमा अन्योलता देखिएको छ । अब, यी तीनै फिल्मका निर्मातासँग प्रदर्शन रोक्नुभन्दा अर्को विकल्प छैन । यसअघि ‘म यस्तो गाीत गाउँछु २’ र ‘नीरफूल’ ले रिलिज स्थगित गरिसकेका छन् । विदेशी फिल्मले समेत रिलिज पोस्टपोन्ड गरिरहेका छन् ।

फिल्मीखबर

सम्बन्धित खबर