२०८३ जेठ ११ सोमवार , ११:०५:१२ बजे

Sajhamanch
'

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

सोमवार, जेठ ११, २०८३

झापा । माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा हिजो नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हरायो ।

त्रिपुरेश्वरको दशरथ रङ्गशाला कभर्डहलमा भएको खेलमा नेपालले पहिलो सेट २५–१२, दोस्रो सेट २५–९ र तेस्रो सेट २५–२० ले जित्यो । यसअघि नेपाल पहिलो खेलमा भारतसँग ३–२ को सेटमा पराजित भए पनि दोस्रो खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराएको थियो ।

आज भारत र किर्गिस्तानबीचको खेलपछि यस समूहबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ । यस्तै समूह ‘बी’ बाट काजकिस्तान र इरान लगातार दोस्रो जीतसहित सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

सम्बन्धित खबर