२०८३ जेठ ४ सोमवार , ०८:५७:२८ बजे

Sajhamanch
'

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी

सोमवार, जेठ ४, २०८३

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी निर्वाचित भएका छन् । गएराति सार्वजनिक अन्तिम मतपरिणामअनुसार केसी २१६ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी सविन श्रेष्ठले १३२ मत प्राप्त गरे । निर्वाचनमा कुल ३५६ मत खसेको थियो ।महिला उपाध्यक्षमा पूजना प्रधान १४४ मतसहित विजयी भएकी छन् । यस्तै उपाध्यक्षमा शिवहरि बैरागी १४६ मतसहित विजयी भएका छन् ।

महासचिवमा सुनील कटवाल १९५ मतसहित विजयी भए । सचिवमा गोपाल ढकाल २१४ मत प्राप्त गर्दै विजयी भएका छन् ।कोषाध्यक्षमा तेजुला खतिवडा १४९ मतसहित विजयी हुँदा सहकोषाध्यक्ष पदमा पवन केसी १६१ मतसहित विजयी भएका छन् ।सदस्यमा इन्द्रबहादुर लामा, चन्द्रकला दाहाल, चन्द्रकला राई, छुल्ठिम गुरुङ, जीवन थापा, दमन रुपाखेती, नवीनकुमार श्रेष्ठ, रश्मि भट्ट, श्रीदेव भट्टराई र सुलेमान विजयी भएका छन् ।

सम्बन्धित खबर