२०८३ वैशाख २५ शुक्रवार , ११:१५:५७ बजे

Sajhamanch
'

आईपीएल क्रिकेटमा लखनउले बैंगलुरुलाई हरायो

शुक्रवार, वैशाख २५, २०८३

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ९ रनले पराजित गरेको छ ।

पानी परेपछि डिएलएस पद्धतिअनुसार हिजो १९ ओभरमा झारिएको खेलमा लखनउले लगातारको ६ हारमा ब्रेक लगाउँदा बैंगलुरुको शीर्षस्थानमा पुग्ने सपना पूरा भएन ।

टस हारेर पहिला ब्याटिङ गरेको लखनउले ३ विकेट गुमाएर १९ ओभरमा २०९ रन बनायो । २१० रनको लक्ष्य पछ्याएको बैंगलुरुले ६ विकेट गुमाएर २०३ रनमात्र बनाउन सक्यो । लखनउको जितमा मिचेल मार्शले ५६ बलमा १११ रन बनाए । त्यस्तै उच्च रन बनाउन कप्तान ऋषभ पन्तले १० बलमा ३२ रनको उत्कृष्ट ब्याटिङ गरे ।

बैंगलुरु १० खेलमा १२ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ भने लखनउ समान खेलमा ६ अङ्कका साथ तालिकाको पुछारमा छ ।

आईपीएलमा आज बेलुकी पौने ८ बजे दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स खेल्नेछन् ।

सम्बन्धित खबर