२०८३ वैशाख २५ शुक्रवार , ११:१५:०४ बजे

Sajhamanch
'

नार्कको ३५‍‍‍‍औँ स्थापना दिवस आज

शुक्रवार, वैशाख २५, २०८३

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले आज ३५औँ स्थापना दिवस मनाउँदैछ ।

‘उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्तन’ नाराका साथ नार्कले आफ्नो स्थापना दिवस मनाउन लागेको हो ।

२०४८ सालमा ‘नेपाल कृषि अनुसन्धान परिषद् ऐन’ अन्तर्गत स्थापना भएको नार्क कृषि अनुसन्धान, नीति निर्माणमा सहयोग, प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि कार्यरत स्वायत्त सरकारी निकाय हो ।

स्थापना दिवसको अवसरमा ललितपुरको खुमलटारमा आज विशेष समारोहको आयोजना गरेको नार्कले जनाएको छ । नार्कले अहिलेसम्म विभिन्न १७७ बालीका १२७६ जात सिफारिस गरेको छ ।

तीमध्ये २७७ जात सूचीबाट हटाइएका नार्कको योजना तथा समन्वय निर्देशक डा।भानुभक्त पोखरेलले जानकारी दिनुभयो ।

शुक्रवार, वैशाख २५, २०८३ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर