२०८३ वैशाख २४ बिहिवार , ०७:२९:४९ बजे

Sajhamanch
'

करेन्ट लागेर एक जनाको मृत्यु

बिहिवार, वैशाख २४, २०८३

खोटाङ । चुँडिएर जमिनमा झरेको विधुतको तारबाट करेन्ट लाग्दा खोटाङमा एकको मृत्यु भएको छ ।

चुँडिएर जमिनमा झरेको विद्युतको तार छुन पुग्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ४३ वर्षीय आनन्द राईको मृत्यु भएको हो । मल बोक्न गएकोबेला चुँडिएर जमिनमा झरेको तार छुँदा राईको घट्नास्थलमै मृत्यु भएको बतासेका वडाध्यक्ष बबेन्द्र राईले बताउनु भयो ।

राईले नेपाल विद्युत प्राधिकरणका प्राविधिकको सल्लाहमा बेलाबेलामा ट्रान्समिटरको फ्युँज फेर्ने काम गर्दैआएका थिए । वैशाख २२ गते भने विद्युतको तार छिनेर भुईं‌मा झरेको देखेर चेक गर्नेक्रममा राईलाई करेन्ट लागेको वडाध्यक्ष राईले बताउनु भयो । विद्युतको तार हावाहुरीले चुँडाएर जमिनमा झारेको अनुमान गरिएको छ ।

शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल लैजाने तयारी भइरहेको छ । मृतकको तीन छोरा र एक छोरी छन् ।

बिहिवार, वैशाख २४, २०८३ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर