२०८३ वैशाख ६ आइतवार , ०६:०९:३० बजे

Sajhamanch
'

अमेरिकाको कठोर व्यवहारले बेलायत युरोपेली सङ्घसँग नजिकिँदै

आइतवार, वैशाख ६, २०८३

झापा । इरानसँगको युद्ध र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर व्यवहारपछि बेलायतले युरोपेली सङ्घसँग सम्बन्ध पुनर्स्थापना गर्ने रणनीति तीव्र बनाएको छ ।

प्रधानमन्त्री किर स्टार्मर नेतृत्वको सरकारले ‘ईयू रिसेट’ विधेयक ल्याउने तयारी गरेको छ, जसले बेलायतलाई इयुका नियमहरूसँग क्रमशः मिलाउन सक्ने अधिकार दिनेछ ।

राजा चाल्र्स तृतीयले मे १३ मा संसद्मा यसबारे औपचारिक घोषणा गर्ने तयारी रहेको समाचारसंस्था एएफपीले जनाएको छ । स्टार्मरले फेब्रुअरी २८ मा इरानविरुद्धको प्रारम्भिक आक्रमणमा बेलायतलाई प्रत्यक्ष संलग्न गराउन अस्वीकार गरेपछि ट्रम्प प्रशासन असन्तुष्ट बनेको थियो ।

ट्रम्पले बेलायतसँगको व्यापार सम्झौता खारेज गर्ने धम्की समेत दिनुभयो । यसले दुई देशबीचको परम्परागत ‘विशेष सम्बन्ध’मा चिसोपना थपेको छ । प्रस्तावित योजनाअन्तर्गत खाद्य तथा वनस्पति निर्यातमा सहजता, इयुको आन्तरिक विद्युत् बजारसँग सम्बन्ध, र युवा आवागमन योजना समावेश छन् ।

यस्तै, जुन–जुलाईमा हुने संयुक्त शिखर सम्मेलनमा यी विषय टुङ्ग्याउने लक्ष्य राखिएको छ । ब्रेक्सिट अझै संवेदनशील राजनीतिक विषय भए पनि पछिल्ला सर्वेक्षणहरूले धेरै बेलायती मतदाताले ईयू छोड्ने निर्णयप्रति पछुतो व्यक्त गरिरहेको देखाएका छन् ।

सम्बन्धित खबर