२०८२ चैत १९ बिहिवार , ०६:५४:४३ बजे

Sajhamanch
'

एसईईको उत्तरपुस्तिका परीक्षण पनि आजैदेखि शुरू

बिहिवार, चैत १९, २०८२

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि शुरू भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण पनि आजैदेखि शुरू गरेको छ ।

बोर्डले एसईई सञ्चालन, व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका २०८२ अनुसार उत्तरपुस्तिका परीक्षणको काम शुरू गरेको हो । परीक्षा नियन्त्रक टुकराज अधिकारीकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सकिएलगत्तै परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण शुरू भएको छ ।

केन्द्राध्यक्षको नेतृत्वमा परीक्षण हुने व्यवस्था छ । जुन विद्यालयको विद्यार्थी हो, त्यही विद्यालयको शिक्षकले उत्तरपुस्तिका परीक्षण गर्न पाउँदैनन् । केन्द्रमै परीक्षण गर्न समस्या भएमा त्यही दिन उत्तरपुस्तिका शिक्षा विकास तथा समन्वय इकाइमा पठाउनुपर्छ ।

कुनै पनि विषयको परीक्षा भएको तीन दिनभित्र परीक्षण सक्ने र एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी छ । यो वर्ष ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले एसईईका लागि फारम भरेका छन् । परीक्षा २९ गतेसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित खबर