२०८२ फागुन १६ शनिवार , १०:३६:५६ बजे

Sajhamanch
'

इरानमाथि इजरायल र अमेरिकाको भीषण हमला

शनिवार, फागुन १६, २०८२

काठमाडौं । इजरायल र ‍अमेरिकाले संयुक्त रूपमा इरानका विभिन्न रणनीतिक स्थानहरू माथि “प्रि-एम्प्टिभ” (अग्रिम सुरक्षात्मक) हवाई आक्रमण सुरु गरेका छन् ।

यो आक्रमण सन् २०२५ को जुन महिनामा भएको १२ दिने हवाई युद्धपछिको सबैभन्दा ठूलो र निर्णायक सैन्य कारबाही मानिएको छ।

इजरायली सेना (आइडीएफ)ले यस अभियानलाई ‘अपरेसन शिल्ड अफ जुडा’ नाम दिएको छ। यो कारबाही इरानको आणविक कार्यक्रम र ब्यालिस्टिक क्षेप्यास्त्र क्षमतालाई ध्वस्त पार्ने उद्देश्यले गरिएको इजरायली रक्षा मन्त्रालयले दाबी गरेको छ ।

इरानले पनि प्रतिरक्षात्मक आक्रमण सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

स्थानीय समय अनुसार शनिबार बिहानै तेहरानको आकाशमा शक्तिशाली विस्फोटका आवाजहरू सुनिए। इरानको सरकारी समाचार एजेन्सी ‘फार्स’ का अनुसार, तेहरानको जम्हुरी क्षेत्र र युनिभेर्सिटी स्ट्रीटहरूमा धेरै क्षेप्यास्त्रहरू खसेका छन्।

यो क्षेत्र इरानको राजनीतिक शक्तिको केन्द्र मानिन्छ, जहाँ सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको कार्यालयसमेत छ।

विस्फोटको तीव्रता यति भयानक थियो कि तेहरानका उत्तरी र मध्य भागका घरहरू हल्लिएका थिए। सहरका धेरै भागहरूमा बाक्लो कालो धुवाँको मुस्लो देखिएको छ।

तेहरानको मेहराबाद विमानस्थल नजिकै पनि आक्रमण भएको खबर छ, जसका कारण इरानले आफ्नो सम्पूर्ण हवाई क्षेत्र तत्कालका लागि बन्द गरेको छ।

सम्बन्धित खबर