
काठमाडौं । नेपाल सरकारले नेपाली श्रमिकहरूका लागि राम्रो आयआर्जन र मानवअधिकारको वातावरण भएका पूर्वी युरोपेली देशहरूसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने तयारी गरेकोे छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले क्रोएशिया, माल्टालगायत १६ वटा युरोपेली देशसँग श्रम सम्झौताका लागि औपचारिक प्रस्ताव पठाएको छ ।
श्रम मन्त्रालयका सहसचिव पिताम्बर घिमिरेका अनुसार राम्रो वातावरण भएका देशहरुमा नेपालीहरुलाई रोजगारीका निम्ति पठाउन श्रम सम्झौताका लागि गृहकार्य भइरहेको बताउनुभयो । उहाँका अनुसार १६ देशसँग प्रस्ताव पठाइएको छ ।
परराष्ट्र मन्त्रालय र नेपालका सम्बन्धित दूतावासहरूले पनि यी देशहरूसँग छलफल तथा पहल अघि बढाइरहेका छन् । सम्झौताको खाका र अनुरोधसहित प्रस्ताव पठाइएको बताउँदै उहाँले छिट्टै परिणाममुखी सम्झौता हुने बताउनुभयो ।
परराष्ट्र मन्त्रालय र नेपाली दूतावासहरुले पहल समेत गरिरहेका छन । क्रोएशिया, माल्टासहितका १६ ओटा युरोपेली देशसँग श्रम सम्झौताका लागि प्रस्ताव पठाइएको छ ।
जहाँ व्यक्तिगत श्रम स्वीकृति लिएर धेरै नेपालीहरु गएका पनि छन् । ती देशसँग श्रम सम्झौताका लागि प्रस्ताव पठाइएको छ । अहिले क्रोएशिया, माल्टासहितका देशहरूमा व्यक्तिगत श्रम स्वीकृति लिएर धेरै नेपालीहरू गएका छन् । अब संस्थागत रूपमा सुरक्षित र मर्यादित रोजगारीका लागि सम्झौता सरकारले गर्न खोजिरहेको छ ।
पछिल्ला वर्षहरूमा युरोपेली देशहरु विशेष गरी रोमानिया, क्रोएशिया, पोल्याण्ड, माल्टा, साइप्रस, पोर्चुगल नेपालीका लागि वैदेशिक रोजगारीका आकर्षक गन्तव्य बन्दै गएका छन् ।
यी देशहरूमा नेपाली कामदारहरूको संख्या बढ्दो छ, तर श्रम सम्झौता नहुँदा ठगी, शोषण र असुरक्षाको जोखिम रहँदै आएको छ । रोमानियासँग भने केही वर्षअघि नै श्रम सम्झौता भइसकेको छ, जसलाई अन्य देशहरूका लागि उदाहरण मानिएको छ ।


