२०८२ मंसिर २३, सोमवार , ०१:४०:५५ बजे

Sajhamanch
'

गोवाको रात्रि क्लबमा आगलागी : ज्यान गुमाउनेमा चार जना नेपाली पनि

सोमवार, मंसिर २३, २०८२

झापा । भारतको गोवामा रहेको एक रात्रि क्लबमा आगलागीमा परि ज्यान गुमाउनेमा चार जना नेपाली नागरिक पनि रहेका खुलेको छ ।

आगलागीमा परि नेपालका चन्द्रबहादुर पुन, विवेक कटवाल, सबिन र सुदीपको ज्यान गएको गोवाका अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चामाध्यम ‘हिन्दूस्तान टाइम्स’ ले जनाएको छ । ज्यान गुमाउने नेपालीहरूको ठेगाना भने खुलेको छैन ।

गोवाको अर्पोरामा रहेको ‘बिर्च बाई रोमियो लेन’ रात्रि क्लबमा आइतवार राति आगलागी हुँदा होटलका २० जना कर्मचारी र पाँच जना पर्यटक गरी २५ जनाको ज्यान गएको थियो । प्रहरीले ग्यास सिलिन्डर विस्फोटका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरेको छ ।

यसैबीच प्रहरीले क्लबका प्रमुख महाप्रबन्धक राजीव मोडक, महाप्रबन्धक विवेक सिंह, बार म्यानेजर राजीव सिंघानिया र गेट म्यानेजर रियांशु ठाकुरलाई पक्राउ गरेको छ । यसका साथै क्लब मालिकहरू र कार्यक्रम आयोजकहरूविरुद्ध एफआईआर दर्ता भएको छ ।

सम्बन्धित खबर